२०८१ चैत्र ६ गते बुधवार

दाङमा सरकारी गाडीको ठक्करबाट दुई जना गम्भिर घाईते

दाङ, १४ साउन । दाङमा सरकारी गाडीको ठक्करबाट दुई जना घाईते भएका छन् । घाइते हुनेमा जिल्ला बाँके राप्ती सोनारी गाउँपालिका–३ का ३८ वर्षीय खुम बहादुर राजकोटी र लमही नगरपालिका–९ तेलियाका ४९ वर्षीय भीम बहादुर कुमाल रहेको रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते दुबैजनाको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा २ झ ४५४६ नम्बरको सरकारी स्कार्पियो गाडीले पूर्बबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई हसनापुर जाने चोक नजिकै ठक्कर दिएको हो ।

सरकारी गाडीको चालक फरार रहेकोले गाडी कुन कार्यालयको हो भन्ने बारे जानकारी हुन सकेको छैन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस