२०८१ माघ ६ गते आइतवार

चर्चित गायक भागिरथ चलाउनेको तीज गित ‘मायाले त होला’ सार्वजनिक

चर्चित लोक दोहरी गायक भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीके यो वर्षको तिज गीत ‘मायाले त होला’ सार्वजनिक भएको छ ।

लोक तथा दोहरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधै मौलिक गीतसंगीतको पछि हिड्ने गायक भागीरथ चलाउने र सुनिता बुढा क्षेत्रीका थुप्रै लोक दोहरी गीत बजारमा रहेका छन् ।

पछिल्लो समय चलाउने र बुढाका तिज गीतहरू बजारमा निकै चर्चामा छन । हरेक वर्ष तिज आउन बित्तिकै चलाउने र बुढाका फ्यानले तिज गीत खोज्न थाल्छन उसो त गायक चलाउनेले सुनिता बुढाले सहकार्यमा हरेक वर्ष तिज गीत बजारमा ल्याउने गर्नुभएको छ ।

अघिल्लो वर्ष चलाउने र बुढाको स्वरमा रहेको झम झम झम्काना वर्षको उत्कृष्ट तिज गीत बनेको थियो । यो वर्ष पनि महिलाको महान पर्व हरितालिका तिज नजिकै गर्दा चलाउनेले बुढाको सहकार्यमा तिज गीत मायाले त होला सार्वजनिक गर्नुभएको छ ।

फ्यानको माया साथले यो वर्ष पनि तिज गीत सार्वजनिक गर्न सफल भएको चलाउनेले बताउनुभयो ।

भागीरथ चलाउनेको स्वरमा रहेका झम झम झम्काना, थोपडाले धोका दियो बरिलै, नरिसाउन कान्छू जस्ता दर्जनौ तिज गीत चर्चामा रहेका छन । गीत संगीतकै निरन्तरतामा भागीरथ चलाउनेले फेरि अर्को तिज गीत मायाले त होला ल्याउनुभएको हो। गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ ।

गीतमा भागिरथ चलाउने र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका सुनिता बुढा क्षेत्रीको स्वर भरिएको छ । गीतको शब्द लय सिर्जना उहा आफैले गर्नुभएको छ ।

मौसम हिमालीको उत्कृष्ट निर्देशनमा रहेको गीतको म्युजिक भिडियो भागीरथ चलाउने र अञ्जना बराईलीको अभिनय रहेको छ । गीत भागीरथ चलाउने युट्युव च्यानल बाट सार्वजनिक गरिएको छ । गित हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस