२०८१ जेष्ठ ९ गते बुधवार

घाँस काट्न गएकी बालिकाकाे भिरबाट खसेर मृत्यु

रुकुम पश्चिम, ८ साउन । रूकुम पश्चिमकाे मुसिकाेट नगरपालिका वडा नम्बर १० मा भिरबाट लडेर एक बालिकाकाे मृत्यु भएकाे छ । घाँस काट्न स्थानीय सेलाजुखाेला जंगलमा गएकी चुनकी १२ वर्षिया सिर्जना रावतकाे भिरबाट खसेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । साेमबार बिहान ११ बजेकाे समयमा घटना भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयाे ।

बालिकाकाे घटना स्थलमै मृत्यु भएकाे हाे । भिरबाट लडेर मृत्यु भएकाे भन्ने जानकारी स्थानीयले गरेपछि जिल्लाबाट प्रहरी निरीक्षक श्रेष्ठ नेतृत्वकाे टाेली घटनास्थल पुगेकाे थियाे । मृतक बालिकाकाे शब पाेष्टमाटमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएकाे प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस