२०८१ असोज ४ गते शुक्रवार

घोराहीबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटना

दाङ, ८ साउन । दाङमा सवारी साधन दुर्घटना हुँदा आठ जना घाईते भएका छन् ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका ८ अस्वाराका तिलक बहादुर रोका, तुलसीपुर १७ बगौसीका २२ बर्षिया अन्जु चौधरी, रोल्पाको परिवर्तन गाउँपालिका ६ घर भई हाल घोराही भरतपुर १५ बस्दै आएका ३५ बर्षिया दिल कुमारी बुढा, २६ बर्षिया निता बुढा रहनु भएको छ ।

त्यस्तै घोराही ११ खैराका ४६ बर्षिया नम्रता पोख्रेल, घोराही–११ जोगेनाका ४२ बर्षिया घनश्याम बस्नेत, घोराही–१० नारायणपुरका ३६ बर्षिया मनकुमारी खत्री, घोराही १५ का ४३ बर्षिया मिना गिरी रहनु भएको छ ।

घोराही तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर–१८ संग्रामखोला नजिकै सोमबार बिहान सवा ९ बजे घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रालिको रा १ ख १३१२ नम्बरको बसको स्ट्रिंङ फेल भएर सडकको छेउमा पल्टिदा दुर्घटना भएको हो ।

घाईते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको र अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

घटनालगत्तै बस र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस