२०८१ असोज ४ गते शुक्रवार

राप्ती लाईफ केयर अस्पतालको सेवा आजदेखि मोतिपुरबाट शुरु

दाङ, २९ असार । राप्ती लाईफ केयर हस्पिटलले शुक्रबार आजदेखि मोतिपुरबाट सेवा शुभारम्भ गरेको छ । तुलसीपुरमा रहेको अस्पतालले आजदेखि तुलसीपुर-७ मोतिपुरमा रहेको आफ्नै अत्याधुनिक भवनबाट सेवा दिन सुरु गरेको होे ।

२०६३ सालमा स्थापना भई २०६४ सालबाट सेवा आरम्भ गरेको अस्पतालले अहिलेसम्म भाडाको घरबाट सेवा दिँदै आएको थियो । अस्पतालले अब आधुनिक भवन निर्माण गरेसंगै आज शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको अस्पतालका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो ।

अस्पतालले आज मोतिपुरको भवनमा निशुल्क स्वास्थ्य शिविर संचालन गरी सेवाको शुभारम्भ गरेको हो । आजदेखि साउन ७ गतेसम्म औषधि सहितको टाउको दुख्ने, पेट दुख्ने, मुटुरोग, थाइराइड लगाएको निशुल्क सेवा सहित शुभारम्भ भएको छ ।

अस्पतालबाट आजमात्रै ६५ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । त्यस्तै साउन ८ गतेदेखि साउनको अन्तिमसम्म महिला रोग, बाल रोग, मानसीक रोग, इएनटी, गाइनो लगायतको ओपिडि सेवा निशुल्क हुने अस्पतालले जनाएको छ ।

यस्तै साउन महिनाभर थाइराईडका बिरामीले ५० प्रतिशत छुटमा उपचार गर्न पाउने भएका छन् । २४ सैँ घण्टा इमरजेन्सीमा पनि टिकट निशुल्क गरिएको छ ।अस्पतालका अध्यक्ष हरि रिजालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नगर प्रमुख खड्काले संस्थागत र सरकारी अस्पतालको सहकार्यबाट मात्रै स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सकिने बताउनुभयो । कार्यक्रममा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसी, राप्ती प्रादेसिक अस्पताल तुलसीपुरका मेसु ओम अर्याल लगाएतकाले गुणस्तरीय सेवा दिने कुरामा राप्ती लाईफ केयरले महत्वपूणर् भुमिका निर्वाह गरेको बताउनुभयो ।

संचालक सदस्य दोणर् वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निर्देशक जीवन भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस