२०८१ असोज ४ गते शुक्रवार

हापुरेको १३२ केभिए विद्युतमा समस्या : घोराहीबाट वैकल्पीक व्यवस्था गरिदै

दाङ, ११ असार । दाङको तुलसीपुरसहित रोल्पा, सल्यानमा आइतबार दिउँसोदेखि विद्युत सेवा अवरुद्ध छ । बाँकेको कुसुम र दाङको हापुरे बिचमा मूख्य प्रशारण लाईनमा नै समस्या देखिदा विद्युत सेवा अवरुद्ध भएको हो ।

आइतबार दिउँसो दुई बजेदेखि अवरुद्ध १३२ केभिए प्रशारण अहिलेसम्म बन्न सकेको छैन् । बिग्रेको ठाउँ पत्ता लाग्न नसक्दा समस्या भएको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालले बताउनुभयो ।

मूख्य प्रशारणमै समस्या देखिएपछि घोराहीबाट वैकल्पीक विद्युत जडान गरेपनि क्षमताले धान्न नसकेको प्रमुख फर्सालले बताउनुभयो । विद्युत अवरुद्ध भएको ठाउँको खोजि गरी मर्मतका लागि बाँके र दाङको प्राविधिक टोली खटिएको प्रमुख पर्सालले बताउनुभयो ।

हापुरेको १३२ केभिए विद्युत सुचारु हुन समय लाग्ने भएको घोराहीको ठुलो क्षमताको विद्युत जोड्ने कोशिस भइरहेको प्रमुख फर्सालले बताउनुभयो । सोमबार दिउँसोसम्म घोराहीको ठुलो क्षमताको विद्युत जडान हुने उहाँले बताउनुभयो । घोराहीको ठुलो क्षमताको वैकल्पीक विद्युत जडान भएपछि विद्युत नियमित हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस