२०८१ जेष्ठ ९ गते बुधवार

राम्रीमा सडकबाट खस्यो ट्याक्टर

तुलसीपुर, २८ जेठ ।दाङमा ट्याक्टर दुर्घटनामा परेको छ । दाङ-सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गको तुलसीपुर-३ राम्रीमा ट्याक्टर दुर्घटनामा परेको हो ।

सडकबाट खसेको ट्याक्टर भिरमा अड्कीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लको प्रहरी घटनास्थलमा पुग्न लागेको उहाँले बताउनुभयो । दुर्घटनाबार विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस