२०८१ असोज ४ गते शुक्रवार

अब फेरि तापक्रम बढ्ने अनुमान

दाङ, १६ जेठ ।
दाङसहित देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक/दुई दिन अझै घाम चर्किने अनुमान गरिएको छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजर लामिछानेले बताउनुभयो । प्रि-मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो ।

मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै दाङसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो दाङको अधिकतम तापक्रम ३३ दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो ।

आज पनि यही हाराहारीमा तापक्रम पुग्ने अनुमान छ । यस्तै नेपालगञ्जको ३७ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस