२०८१ माघ ८ गते मङ्गलवार

शिक्षकको बदमासी : विद्यालयमा उपस्थित नभएको दिनमा पनि हाजिरी

दाङमा एक जना शिक्षकले विद्यालयमा उपस्थिती नभएको दिनमा हाजिर गरेको पाइएको छ । घोराही ७ सौडियार स्थित माबि सौडियारमा बाल विकास केन्द्रमा पढाउने एक जना शिक्षकले बैशाख महिनामा उपस्थिती हुँदै नभएको ३ दिन हाजिर गरेको फेला परेको हो ।

विद्यालय ब्यवस्थापन समितिको नियमित अनुगमनको क्रममा उपस्थिती नै नभएको दिनमा पनि हाजिरी गरेको भेटिएको हो । विद्यालय ब्यवस्थापन समिति सदस्य जिउधन चौधरीले बाल विकास केन्द्रमा पढाउदै आएका शिक्षक पार्बती कवरले बैशाख १०, ११ र १२ गतेको हाजिरी गरेको भेटिएको बताउनुभयो ।

विद्यालयमा पढाउने शिक्षकले आफै नै लापरबाही तरिकाले हाजिरी गरेर लज्जास्पद काम गरेको उहाको भनाइ छ । विद्यालय ब्यवस्थापन समिति सदस्य चौधरीले शिक्षक कवरलाई पहिलो पटक सचेत गराइने र आगामी दिनमा यस्ता गल्ती दोहोर्‍याएमा स्पष्टिकरण सोधेर कारबाही गरिने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालयमा बेथितिहरुरु थुप्रै रहेको भन्दै समुदायले सचेत गराउनु पर्ने बताउनुभयो । हाजिरी बारे के-कस्तो हो भन्ने कुरा बुझ्न विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमलाई निर्देशन दिइएको र आगामी बैठकमा स्वयम् शिक्षकलाई उपस्थित गराएर मौखिक स्पष्टिकरण सोधिने सदस्य चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस