२०८० मङ्सिर २० गते बुधवार

चलचित्र पत्रकार संघको स्थापना दिवसमा पत्रकार पन्त नगदसहित सम्मानित

चलचित्र पत्रकार संघ नेपालको २३औं स्थापना दिवसको अवसरमा चितवनका पत्रकार मनोज पन्त सम्मानित भएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाले पन्तलाई नगद पाँच हजार ५५५ रुपैयाँ नगदसहित सम्मान गरेको हो । जिल्लामा चलचित्र पत्रकारिताको सुरुवात गरेको भन्दै पन्तलाई सम्मान गरिएको हो ।

पन्तले २०५० सालदेखि चलचित्र पत्रकारिता थालेका हुन् । नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणी ज्ञवालीले नगदसहित सम्मान पत्र पन्तलाई प्रदान गरेका हुन् ।

चलचित्र पत्रकार संघ चितवनले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम पनि गरेको थियो । संघका अध्यक्ष गोविन्द अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी चितवनका कोषाध्यक्ष बद्री अर्याल, नेपाल प्रेस युनियन चितवनका उपाध्यक्ष प्रस्ताव सुवेदी लगायतका पत्रकाहरुको सहभागीता थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस