२०८१ चैत्र ६ गते बुधवार

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट साढे आठ सय जनाको मृत्यु

दाङ – सवारी दुर्घटनाबाट हुने क्षेति कम गर्न सकिएको छैन् । तिब्र गति, सडकको दुरावस्था, भौगोलिक विकटता, पुराना सवारीसाधनको प्रयोग लगायतका कारण सवारी दुर्घटनामा वर्षेनी सयौँ मानिसले मृत्युवरण गर्नुपरेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेशमा दुई वर्षमा सवारी दुर्घटनाबाट साढे ८ सय बढीको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार दुई वर्षको अवधिमा ८५१ जनाले मृत्युवरण गर्नुपरेको देखिएको छ ।

प्रदेशमा गत आर्थिक वर्षको तुलनामा चालुवर्षमा केहि कम क्षति भएपनि सवारी वर्षेनी सयौँ जनाको मृत्यु हुने गरेको छ । प्रदेशमा गत आर्थिक वर्ष २०७८÷७९ मा ९ सय ८९ सवारी दुर्घटनामा ४ सय ६४ जनाले ज्यान गुमाएका छन् भने ९ सय ३४ जना गम्भिर घाइते भएका छन् ।

प्रदेशमा चालु आर्थिक वर्षको १० महिना अर्थात बैशाख मसान्त सम्ममा ७ सय ३४ सवारी दुर्घटनामा ३ सय ८७ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा चालुवर्षमा सवारी दुर्घटनामा ६ सय ५५ जना गम्भिर घाइते भएको लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रमुख कृष्ण प्रसाईले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा भएको सवारी दुर्घटनामध्ये अधिकांश दुर्घटना तिब्र गतिकै कारण हुने गरेको बताउनुभयो

‘लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामध्ये अधिकांश तिब्र गतिकै कारण रहेको देखिएको छ ।’ उहाँले भन्नुभयो–‘तिब्र गतिमा चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी दुई पांग्रे सवारी रहेका छन् ।’ चालुवर्षमा मात्रै प्रदेशमा तिब्र गतिका कारण ४४९ सवारी दुर्घटना भएका छन् । दोस्रोमा चालकको लापरबाही देखिएको छ ।

चालुवर्षको साउनदेखि चैत मसान्तसम्मको तथ्यांकलाई विश्लेशन गर्दा ६ सय ४५ सवारी दुर्घटनामध्ये चालकको लापरबाहीले ९९ वटा, पैदल यात्रुको गल्तीले २६, यान्त्रीक गडबढीका कारण २१, मादक पदार्थ सेवन र सडकको दुरावस्थाका कारण १४÷१४, पशुचौपायका कारण १३, ओभरटेकका कारण ६, ओभरलोडका कारण २ र मौसमको अवस्थाका कारण १ वटा सवारी दुर्घटना भएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस