२०८१ जेष्ठ ५ गते शनिवार

मौलिक गीत ‘है मेरी मायालु’ सार्वजनिक (भिडियो सहित)

दाङ – मौलिक झ्याउरे गीत ‘है मेरी मायालु’ बिहिबार सार्वजनिक भएको छ । पछिल्लो समयमा दशर्क , श्रोताले गीत संगीतमा मौलिकता हराउँदै गएको गुनासो गरिरहेको समयमा यस गीतले भने निकै मौलिकता झल्काएको छ ।

गायिका प्रिति आले, दिपु मगर , अनुराग थापा र मधु थापाको सुमधुर स्वरमा रहेको यस गीतमा शब्द संकलन गायिका प्रिति आलेको छ भने संगित अनुराग थापाको रहेको छ ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोमा गायिका आलेकै निर्देशन रहेको छ भने श्याम राना, सविता गर्जा मगर, बिनिता थापा मगर , बालकृष्ण आले मगर, जयराम थापा मगर , मिनराज दिसुवा मगर , साजन गर्जा मगर, दिपा थापा मगर, रश्मी थापा मगर , धिरेन थापा मगर र रेशम मगरको अभिनय रहेको छ ।

रेकर्डिस्ट सुमन राना र खुमन रानाद्वारा रेकर्ड गरिएको ‘है मेरी मायालु’ को अडियो मिक्सीङ साउण्ड इन्जिनियर कुमार रानाले गरेका छन भने भिडियो मिक्सिङ नविन घर्ती मगरले गरेका छन् ।
भिडियो :

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस