२०८१ माघ २ गते बुधवार

जीवन ज्योति नमुना माविमा शैक्षिक सामग्रि वितरणसहित सम्मान

सल्यान –
जीवन ज्योति नमुना माध्यमिक विद्यालयले वार्षिक परिक्षामा उत्कृष्ट अंक विद्यार्थीलाई शैक्षिक सामग्रिसहित प्रमाणपत्रले सम्मान गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको विद्यालयले सोमबार गतवर्षको वार्षिक परिक्षामा सर्बोकृष्ट अंक ल्याउने छात्रछात्रालाई झोला, कापी, कलम लगायतका शैक्षिक सामग्रिसहित प्रमाणपत्रले सम्मान गरेको हो ।

स्व.मणी पुनको स्मृतिमा छोराहरू पुरभान पुन, डम्मर पुन, दुर्गा बहादुर पुन र छोरी डिला पुन महताराले विद्यालयमा स्थापना गरेको ३ लाख ६० हजार बराबरको मणि स्मृति फाउन्डेसन नामक अक्षयकोषबाट विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्रि प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनुभयो ।

अक्षयकोषकोे प्राप्त व्याजबाट विद्यालयमा वार्षिक परिक्षामा सर्वोतकृष्ट अंक ल्याउने बालबालिकालाई प्रत्येक वर्ष शैक्षिक सामग्रिसहित सम्मान गर्ने गरिएको प्रअ साहुले बताउनुभयो ।

यसवर्ष शिक्षा क्षेत्रमा महत्वपूणर् योगदान पुर्‍याउने सोहि विद्यालयका पूर्व प्रधानाध्यापक सेवकराम रेग्मी, पूर्व विद्यार्थी देवबहादुर वली, समाजसेवी दल बहादुर बुढा र किसान थमन गिरीलाई समेत सम्मान गरिएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष तिला बुढाको अध्यक्षता तथा कपुरकोट गाउँपालिका अध्यक्ष एवं अक्षयकोष दाता दुर्गा बहादुर पुनको प्रमुख आथित्यता र गाउँपालिका उपाध्यक्ष एवं विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकास भरारीको विशिस्ट आथित्यतामा कार्यक्रम भएको हो ।

विद्यालयका प्रधानाध्यापक भुपाल साहुको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण शिक्षक मदन खड्काले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस