
दाङ, १४ बैशाख । दाङमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजाडाँडाका श्रीमती ५७ वर्षिय केशरादेवी दमाइले बिहिबार बिहान ९ बजेतिर बन्चरो प्रहार गरी श्रीमान ६४ वर्षीय रेशम दमाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा श्रीमती केशरादेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० बैशाख १४ गते बिहिवार