२०८१ माघ २ गते बुधवार

‘साहित्यकार तथा कलाकर्मी कपुरकोटमा’

सल्यान, ११ बैशाख । कला,साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि सल्यानको कपुरकोट गाउँपालिकाले विकासका लागि कला साहित्य कार्यक्रम गरेको छ । नव सर्जकलाई प्रोत्साहन र स्थापित सर्जकलाई सम्मानका लागि गाउँपालिकाले पालिकास्तरिय साहित्य गोष्ठी गरेको हो ।

साहित्य समाज परिवर्तनको संवाहक भएपनि राज्यको लगानी कम हुने गरेको अवस्थामा कपुरकोट गाउँपालिकाले कला, साहित्यको प्रवद्र्धनका लागि महत्वपूणर् भूमिका खेलेको कला तथा साहित्यकारले बताएका छन् ।

कार्यक्रममा साहित्यकार डा. मित्रलाल पाठक, डा. पूणर् पंकज भण्डारी, डा. प्रेम योगी, कृष्ण बिरही, सल्यानी कला साहित्य परिषदका अध्यक्ष भरत रोकाय लगायतकले कला, साहित्यको संरक्षणमा कपुरकोट गाउँपालिकाले खेलेको भूमिकाका प्रशंसा गर्नुभयो ।

गाउपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा साहित्यकार कृष्ण बिरही, कलाकार यम थापा, अनिता साखी, सन्तोष घर्ती , रमेश जंग शाहु क्षेत्री, शान्तराम सेन्चुरी लगायतले आफ्नो सिर्जना वाचन गर्नुभएको हो ।

पालिकाले विकासका लागि साहित्य शिर्षकमा प्रतियोगिताको समेत आयोजना गरेको छ । कार्यक्रममा २०६२ सालतिर प्रकाशन भएको मिरमिरे भिते पत्रिकाको चर्चा समेत गरिएको हो ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस