
दाङ, १ बैशाख । चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य ध्रुवराज न्यौपाने (डीआरएन) लाई चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले स्वागत तथा सम्मान गरेको छ ।
संघको केन्द्रीय सदस्यमा मनोनित भए पश्चात न्यौपानेलाई शाखाले स्वागत् तथा सम्मान गरेको हो । त्यस अवसरमा केन्द्रीय सदस्य न्यौपानेले रंग पत्रकारहरुको साझा संगठन चलचित्र पत्रकार संघलाई उचाइमा पुर्याउन अहोरात्र खटिने बताउनुभयो ।
जिल्लामा बिट पत्रकारितालाई स्थपित गराउन आफूले कडा मिहिनेत गरेको परिश्रमको फल अहिले प्राप्त भइरहेको न्यौपानेले बताउनुभयो । उहाँले संघलाई क्रियाशील गरी पेशागत विकासमा पेशागत विकासमा जिल्लासँग साझेदारी गरी अगाडि बढ्ने प्रतिबद्धा व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य न्यौपाने २०७३ सालमा जिल्लाको अध्यक्ष बन्नु भएको थियो भने हालको सल्लाहकार पनि हुनुहुन्छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रम प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खड्का र संघका निवर्तमान जिल्ला अध्यक्ष शिव पुनले सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
संघका उपाध्यक्ष पूणर् केसीको स्वागत् मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको हो । संघले वसन्त ऋतुको आगमन सँगै आएको नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान पनि गरेको छ ।