२०८१ फाल्गुन १ गते बिहिवार

दाङको हावा अस्वस्थकर

दाङ, २९ चैत । दाङसहित धेरै ठाउँमा प्रदूषण बढेको छ । आगलागी र डढेलोका घटना बढेकाले प्रदूषण बढेको हो । यस्तै, गाडीबाट निस्किएको धुवाँका कारण वातावरण प्रदूषित भएको छ ।

केही दिनदेखि पानी नपरेकाले पनि प्रदूषण बढिरहेको छ । तुलसीपुरमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) ले जोखिम तह नाघेको छ । एक्यूआई शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । तर तुलसीपुरको प्रदूषण मापन सूचक एक्यूआई १ सय ७० पुगेको छ भने देशका अन्य सहरमा पनि प्रदूषण बढेको छ ।

तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि हानिकारक रहेको मानिन्छ ।

स्वास्थ्यलाई नै हानी गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कदा मास्क लगाउन स्वास्थ्यविज्ञहरुको सुझाव छ ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस