२०८१ जेष्ठ ९ गते बुधवार

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता !

गुल्मी, २१ चैत । गुल्मीको इस्मा गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले ५५ बर्ष उमेर समुह माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन शुरु गरेको हो ।

इस्मा गाउँपालकाको बार्षिक नीति तथा कार्यक्रम बमोजिम ५५ बर्ष उमेर समुह माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष भगतसिं खड्काले बताउनुभयो ।

गाउँपालिकाले पहिलो पटक ६९ जना त्यस्ता एकल पुरुषलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाले बितरण गर्न लागेको एकल पुरुषहरु मध्य सामाजिक सुरक्षा भत्ता लिनेहरुमा वडा नम्बर १ वाट १९, २ वाट १६, ३ वाट ४ जना ४ वाट १६ जना, ५ वाट ६ छ र ६ वाट ८ जना गरि कुल ६९ जना रहेका छन् ।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस