सल्यान, १० चैत । सल्यानको जनसंख्या तीन लाखभन्दा कम रहेको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम विवरण अनुसार सल्यानको जनसंख्या २ लाख ३८ हजार ५१५ कायम भएको हो ।
अन्तिम नतिजा अनुसार जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको छ । जिल्लामा १ लाख २३ हजार ५३३ अर्थात ५ दशमलव ८ प्रतिशत महिला रहेका छन् भने ४८ दशमलव २ प्रतिशत अर्थात १ लाख १४ हजार ९८२ पुरुषको संख्या रहेको छ ।
दश पालिकामध्ये सबैभन्दा बढी शारदा नगरपालिकामा र सबैभन्दा कम ढोरचौर गाउँपालिकामा जनसंख्या रहेको छ । शारदा नगरपालिकामा ३४ हजार ६६३ रहेको छ भने ढोरचौर गाउँपालिकामा १३ हजार १२७ रहेको छ ।
यस्तै बागचौर नगरपालिकामा ३४ हजार २१, कालिमाटी गाउँपालिकामा २२ हजार २०६, छत्रेश्वरी गाउँपालिकामा २१ हजार २४२, बनगाड कुपिण्डे नगरपालिकामा ३२ हजार ९४० कायम रहेको छ ।
यस्तै कपुरकोट गाउँपालिकामा १७ हजार ५२६, त्रिवेणी गाउँपालिकामा १६ हजार ६६४, दार्मा गाउँपालिकामा २० हजार ४१ र कुमाख गाउँपालिका २४ हजार ८५९ कायम रहेको छ ।