२०८१ चैत्र ८ गते शुक्रवार

रेडियो नेपालकी पहिलो समाचार वाचिका ताम्राकारको निधन

काठमाडाैं, १० चैत । रेडियो नेपालकी पहिलो समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ।

बिहीबार राति १० बजे न्यूरो अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो । ८६ वर्षीय उहाँ क्यान्सर रोगले पीडित हुनुहुन्थ्याे ।

२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उहाँले रेडियो यात्रा थालनी गर्नुभएकाे थियाे । रुचिको क्षेत्र भएका कारण मासिक १७५ रुपैयाँबाट १२५ रुपैयाँ तलबमा घटेर जानुभएकी उहाँलाई रेडियोले नै लोकप्रियता दिएको थियो।

रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाउनुभएकी उहाँका थुप्रै प्रशंसक बनेका थिए।

बनेपामा जन्मिनुभएकी उहाँ पछिल्लो समय विश्रममा हुनुहुन्थ्याे ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस