२०८० चैत्र १६ गते शुक्रवार

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन : २, १३२खस्यो मत

दाङ, ८ चैत ।दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि आज मतदान सम्पन्न भएको छ ।

बिहान ८ बजेदेखि सुरु मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको हो । अपराह्न ४ बजेसम्म चलेको मतदानमा २१ सय ३२ मत मात्रै खसेको निर्वाचन अधिकृत कुलबीर चौधरीले जानकारी दिनुभएको छ ।

क्याम्पसमा ५ हजार ९ सय ४० मतदाता रहेकोमा २ हजार १ सय ३२ मत मात्रै खसेको हो । अव केही वेरमा मत गणना सुरु गर्ने तयारी भैरहेको छ ।

निर्वाचनका लागि दिनभर क्याम्पसमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । यसअघि अखिल क्रान्तिकारी विप्लवले क्याम्पसमा तालाबन्दी गरेपछि चैत ५ मा हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर वितरण गरेको भन्दै विप्लवका कार्यकर्ताहरुले तालाबन्दी गरेका थिए । निर्वाचनमा एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र जनमोर्चा निकट अखिल छैटौंले चुनावी तालमेल गरेका छन् भने नेवि संघ, तथा स्वतन्त्र विद्यार्थि पनि चुनावी प्रतिसपर्धामा छन् ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस