२०८१ जेष्ठ ५ गते शनिवार

पश्चिम दाङमा आगलागीबाट घर र गोठ जलेर नष्ट, ३ लाख बढीको क्षति

दाङ, ८ चैत ।
पश्चिम दाङमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ । बबई गाउँपालिका ५ जौबारीका ६४ वर्षिय जंगबहादुर थापाको खरले छाएको एकतले घर र कच्चि गोठ आगलागीबाट पूणर्रुपमा जलेर नष्ट भएको छ ।

मंगलबार दिउँसो २ बजेतिर चुलोबाट सल्किएको आगोले घरमा क्षति गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

आगलागीबाट ३ लाख ३४ हजार बराबरको क्षति भएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ । आगो करिब एक घण्टा पछि प्रहरी र स्थानियको सक्रियतामा नियन्त्रणमा आएको हो ।

आगलागी पिडितलाई बबई गाउँपालिका विपद व्यवस्थापन समितीले तत्कालका लागि खाद्यान्न तथा त्रिपाल लगाएतका सामग्री उपलब्ध गराएको छ भने थप राहतको समेत व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस