तुलसीपुर, ६ चैत । तुलसीपुर-७ मा रहेको प्राथामिक विद्यालय मोतिपुरमा थप कक्षा संचालनका लागि नगरसंग माग गरिने भएको छ ।
बाल विकाससम्म संचालन हुँदै आएको विद्यालयमा ५ कक्षासम्म संचालन गर्न माग गर्ने निणर्य गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारुको अध्यक्षता तथा तुलसीपुर-७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको भेलाले कक्षा थप गर्ने निणर्य गरेको हो ।
कक्षा थपका लागि तुलसीपुर उपमहानगरको शिक्षा महाशाखामा माग गर्ने निणर्य गरेको विद्यालयका प्रधानाध्यापक विश्वमाया पराजुलीले बताउनुभयो ।
२०४६ सालमा स्थापना भएको विद्यालय २०७६ सम्म कक्षा ५ सम्म संचालन भएको थियो । तर पछिल्लो विद्यालयमा विद्यार्थी संख्या घटेपछि नगरले मर्जको प्रक्रियामा लैजाँदा बालविकाससम्म संचालन हुँदै आएको छ ।
विद्यालयमा अहिले ४७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । यस्तै शैक्षिक सत्र २०८०/८१ का लागि शिक्षक, अभिभावक र व्यवस्थापन समिति सहित घरदैलो कार्यक्रम गर्ने निणर्य गरिएको प्रअ पराजुलीले बताउनुभयो ।
त्यस अवसरमा वडा अध्यक्ष जिसीले विद्यालयमा थप कक्षा संचालन गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले शिक्षाको विकास बिना अरु विकास संभवन नभएको भन्दै सामुदायिक विद्यालयको विकासमा वडा सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति सदस्य नारायणकुमार आचार्य, समाजेसेवी रामकुमार आचार्य , बासुदेव आचार्य, निमकान्त आचार्य, किशोर न्यौपाने, रामेश्वर भण्डारी, अभिभावक नवराज सुवेदी, पत्रकार बसन्त पौडेल लगायतले विद्यालयको स्तरवृद्धी गर्नुको विकल्प नभएको बताउनुभयो ।