२०८० चैत्र १६ गते शुक्रवार

अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाउने तयारी अन्तिम चरणमा

तुलसीपुर ,५ चैत । तुलसीपुरमा ५८ औं अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । यहि चैत्र ७ गते तुलसीपुरमा“अन्तराष्ट्रिय जातिय छुवाछुत भेदभावका विरुद्ध प्रतिरोध गरौं , संबैधानिक र कानुनी प्रावधानहरुको कायान्वयन गरौं ” भन्ने मूल नाराका साथ दिबस मनाउन लागिएको तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना र विभिन्न संघसंस्थाहरुको सहआयोजनामा र्‍याली तथा सम्मान कार्यक्रमको आयोजना गरिएको उहाले जानकारि दिनु भयो ।

सम्मान कार्यक्रम उपसमितिका संयोजक समेत रहनु भएका कार्यपालिका सदस्य बिश्वकर्माका अनुसार बिहान ११ बजे उपमहानगरपालिकाको प्राङ्गणबाट ¥याली शुरु गरी वजार परिक्रमा पश्चात पालिकाको नयाँ सभाहलमा सम्मान कार्यक्रम व छ । कार्यक्रमका लागि पत्रचार,सम्मानित हुनेको नाम छनौट ,प्रचारप्रसार लगाएतका तयारी पुरा भएको छ ।

दिबसका अबसरमा आयोजित कार्यक्रममा तुलसीपुर क्षेत्र भित्र बसोबास गर्ने दलित समुदायका सबैभन्दा बढी जेष्ठ नागरिक पुरुष र महिला गरि दुई जना ,आरण पेशाकर्मि दुई जना,सारङ्गि पेशाकर्मि एक जना,पत्रकारिता क्षेत्रबाट दुई जना,दलित अधिकारकर्मिबाट दुई जना र तुलसीपुरका सामुदायिक विद्यालयबाट गत बर्ष प्लस टु मा उत्कृष्ट नतिजा ल्याएर पास गर्ने दुई जनालाई सम्मान गर्न लागिएको उहाले जानकारि दिनु भयो ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा रास्टिय दलित आयोगका अध्यक्ष देबराज बिश्वकर्मालाई आमन्त्रण गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस