
तुलसीपुर, ५ चैत । तुलसीपुरमा बाँदरले जथाभावी मानिसलाई टोक्न थालेपछि अन्यन्त्र स्थानान्तरणका लागि बन कार्यालयसंग माग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को कामना टोलमा रुखमा बस्ने बाँदरले स्थानीयलाई टोकेर सास्ती दिएको स्थानीय केशब बहादुर भण्डारीले बताउनुभयो ।
पछिल्लो समय आक्रामकरुपमा बाँदरले टोक्न थालेको उहाँले बताउनुभयो । पिपलको रुखमा बस्ने र बालबालिका तथा वृद्धवृद्धालाई टोक्ने गरेको उहाँको भनाई छ । बन कार्यालयले बाँदरलाई अन्यन्त्र स्थानान्तरण नगरे स्थानीयले थप सास्ती पाउने उहाँले बताउनुभयो ।
बाँदरको स्नान्तरण गर्न उहाँले बन कार्यालयलाई आग्रह गर्नुभएको छ । तुलसीपुरमा माघदेखि चैत ५ गतेसम्म ३६ जनालाई बाँदरले टोकेको छ । राप्ती प्रादेशिक अस्पतालका सुचना अधिकारी भुषण सुवेदीका अनुसार माघमा २३, फागुनमा ८ र चैतमा ५ जनालाई बाँदरले टोकेको छ ।