२०८२ बैशाख १० गते बुधवार

दाङमा भेरीले टोक्दा दुई जना घाईते

दाङ, ३ चैत । दाङमा भेरी मौरीले टोक्दा दुई जना घाईते भएका छन् ।

गाइ चराउन गएको समयमा आज बेलुका साढे ५ बजेतिर भेरी मौरीको टोकाईबाट बबई गाउँपालिका वडा नम्बर ७ चरकमटीयाका ६० वर्षिय पार्वती थापा र उहाँको नातिनी ४ वर्षिय रसिया थापा घाइते भएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई भेरी मौरीले टाउको र शरिरमा टोकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो । घाईते दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस