२०८१ जेष्ठ ५ गते शनिवार

महशुल नबुझाएपछि एनसिएल टावरको विद्युत काटौती

दाङ, ३० फागुन । तुलसीपुरको एनसिएल टावरमा जडान गरिएको विद्युत लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा रहेको एनसिएल टावरमा जडान गरिएको विद्युत लाईन काटेको हो ।

एनसिएल टावरको करिब ८ महिना बढीको पाँच लाख भन्दा धेरै रकम बुझाउन बाँकी रहेको वितरण केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभयो । विद्युतको मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत महशुल नबुझाए बिना जानकरी लाईन काट्ने व्यवस्था रहेको छ ।

तर आफुहरुले एक साता पहिले नै महशुल बुझाउनको लागि सम्बन्धित निकायलाई जानकारी गराएको प्रमुख फर्सालले जानकारी दिनुभयो । महिनौसम्म महशुल नबुझाएपछि केन्द्रबाटै लाइन काटिएको फर्सालले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस