२०८१ चैत्र ७ गते बिहिवार

बसको ठक्करबाट एक युवकको मृत्यु

सल्यान, २५ फागुन । सल्यानमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बसको ठक्करबाट छत्रेश्वरी गाउँपालिका ३ पालेखोला निवासी अन्दाजी १९ वर्षीय अजय वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी एवम् प्रहरी निरीक्षक सन्तोस खनालले जानकारी दिनुभयो ।

सल्यानको श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रातर्फ जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई शंखमुल नजिकै ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका वलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस