
तुलसीपुर, १७ फागुन ।
दाङको तुलसीपुरमा पीकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा चालक सल्यानको कपुरकोट गाउँपालिका ४ निवासी २२ वर्षीय प्रकाश वली र सोही ठाउँ निवासी २८ वर्षीय देब बहादुर विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।
बुधबार आज दिउँसो २ बजेको समयमा तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ त ३८४ नम्बरको पीकअप सल्यान रोडमा दुर्घटना भएको प्रहरीको भनाई रहेको छ । पीकअप तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार