२०८१ चैत्र ६ गते बुधवार

दाङ-काठ्माण्डौको घट्यो, हवाई भाडा

दाङ,१३ फागुन । दाङ-काठ्माण्डौको हवाई भाडा घटेको छ । नेपाल एयरलाइन्सले दाङ-काठमाडौंको भाडा घटाएको हो ।

नेपाल एयरलाइन्सले दाङ काठमाडौं हवाई भाडा घटाएर ६ हजार ३ सय बनाएको हो ।

यसअघि ८ हजार ८ सय रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं—दाङको भाडा ६ हजार ५ सय तोकिएको छ । पहिले ९ हजार १० रुपैयाँ रहेको थियो ।

शनिबारदेखि नै नयाँ भडादर कायम भएको छ । नेपाल एयरलाइन्सका दाङ स्टेशन प्रमुख महेन्द्र कुमार शर्माले पहिलेको भाडादरमा धेरै हेरफेर भएको बताउनुभयो ।

उहाँले अहिले दाङ काठमाडौं न्युनतम ६ हजार ३०० र काठमाडौं दाङ न्युनतम ६५०० निर्धारण गरिएको बताउनुभयो । उहाँका अनुसार अधिक्तम ११ हजार ९ सय १५ रुपैयाँ रहेको छ ।

टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापना भइ सञ्चालनमा आएपछि हवाई भाडाको समायोजनको चर्चा चलिरहेको समयमा नेपाल एयरलाइन्सले भाडा घटाएको हो ।

नेपाल एयरलाइन्स अहिले दाङमा हप्ताको ४ दिन उडान गरिरहेको छ । यो हप्ता आइतबार उडान हुने छ भने अर्को हप्तादेखि मंगलबार, बिहीबार, शुक्रबार र शनिबार गरी ४ दिन उडान हुने छ ।

एयरलाइन्सले न्युनतम ६३०० र ६५००० तोके पनि पाँच प्रकारको भाडा तोकिएको छ । काठमाडौं दाङ ६ हजार ५ सय, ७ हजार, ८ हजार, ९ हजार र ११ हजार ९ सय ६५ छ भने दाङ काठमाडौं सबैमा दुई सय कम रहेको छ । दाङमा सीता एयरले पनि पछिल्लो समय उडान भरिरहेको छ । सिताले ८ हजार भाडा तय गरेको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस