प्रेम विवश घर्ती
दाङ, ४ फागुन ।
हरेका मानिससँग कुनै न कुनै कला प्रतिभा हुने गर्दछ ,तर थोरै मानिससँग हुन्छ बहुप्रतिभा । त्यस्तै वहुप्रतिभाशाली कलाकार हुन देवराज आचार्य ।
बुवा दामोदर आचार्य र आमा सरस्वता आचार्यको कोखबाट दाङ दंगीसरण -५ सलौरामा जन्मीएका आचार्यले रामकृष्ण ढकालको स्वरमा रहेका तिम्रो मायाकोे गीतबाट मोडलिङ यात्रा आरम्भ गरेका थिए ।
२०६५ सालदेखी काठमाडौंलाई कर्मथलो बनाउदै आएका आचार्यले मोडलिङसँगै क्यामेराम्यानको र म्यूजिक भिडियो निर्देशकको काम पनि गर्दै आएका छन् ।
आचार्यले नेपालका ख्याती प्राप्त गायक गायिकाहरुको आवाज रहेको गीतहरु ,यो मन भित्र तिमीलाई,रुपौलीरानी , जव पिउँदिन भन्छु , पलपल आज ,तिमी छौर लगायत करिव ७ दर्जन बढी गीतमा मोेडलिङ गरिसकेका छन् ।
विशेष गरि मोडलिङ र छायांकनको काम गर्दै आएका अचार्यले पछिल्लो समयमा गीत गाउन पनि थालेका छन् । देबराज आचार्यले स्वर दिएको हाम्री हजुर आमा राम्री हजुर आमा , तिमी छौ र ,उडु उडु गीत अहिले बजारमा आईसकेका छन ।