२०८१ चैत्र ६ गते बुधवार

टरिगाउँ विमानस्थलमा सिता एयरको आजदेखि नियमित उडान

दाङ,३ फागुन । सीता एयरले दाङको टरिगाउँ एयरपोर्टमा आज वुधवार देखि उडान भर्ने भएको छ । सिताले अब आजवाट सातामा तीन दिन सोमबार, बधबार र शनिबार उडान भर्ने भएको हो ।

यो संगै अब हप्तामा ६ दिन एयरपोर्टमा जहाज उडान हुने भएको छ । यस अघि नेपाल एयरलाईन्सले आईतबार, मंगलबार,विहीबार र शनिबार उडान भर्ने गरेको थियो ।

अब शनिबार सीता एयर र नेपाल एयरलाईन्स दुबैले उडान भर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा ८ हजार र काठमाडौंबाट दाङ आउदा ८ हजार एकसय भाडा निर्धारण गरेको सीता एयरका प्रमुख प्रबन्धक विनोद मिश्रले बताए। उहाँका अनुसार काठमाडौंबाट दिउासे १२ः१० बजे उडान भर्नेछ, भने दाङबाट दिउसो साढे १ बजे उडान भर्नेछ ।

गत माघ १३ गते टरिगाउँमा सीता एयरले परीक्षण उडान गरेको थियो । अहिले जहाज नियमित नहुँदा यात्रुहरुहरुले पटक-पटक धोका पाउने गरेका छन् । त्यसले गर्दा पनि सीता एयरसंग सहकार्य अघि बढाएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस