२०८१ चैत्र ६ गते बुधवार

नेपालकै ठुलो म्युजिक अवार्ड हुने, फारम भर्ने दिन दुई दिनमात्र बाँकी

दाङ, १८ माघ ।
नेपाल संगित उद्योग संघको आयोजनामा देशकै ठुलो म्युजिक अवार्ड हुने भएको छ । म्युजिक अवार्डमा सहभागीताका लागि संघले फारम समेत खुला गरेको छ ।

संघको दोस्रो संस्करणको म्युजिक अवार्डमा भाग लिनका लागि फारम भर्ने दिन अब दुई दिनमात्रै बाँकी रहेको संघका महासचिव जीतसागर रावतले जानकारी दिनुभयो ।

उहाँले देशकै ठुलो म्युजिक अवार्ड हुन लागेकोले सम्पूणर् स्रष्टा, सर्जक, उत्पादक तथा वितरकलाई फारम भर्न अनुरोध गनुभएको छ । अवार्डमा भाग लिनका लागि फारम भर्ने क्रम निरन्तर चलिरहेको छ ।

आउँदो शुक्रबार माघ २० गतेसम्ममात्रै फारम भर्न सकिने महासचिव रावतले बताउनुभयो ।

नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण प्रवद्र्धनका लागि संघले म्युजिक अवार्ड संचालन गर्न लागेको संघका अध्यक्ष सुर्य बहादुर मगरले बताउनुभयो ।

कलाकार, श्रष्टा सर्जकहरुको हक अधिकार सुनिश्चित गर्नका स्थापना भएको संघले कला क्षेत्रको बहुआयामिक विकासको लागि म्युजिक अवार्ड संचालन गर्ने गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ माघ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस