
दाङ, १७ माघ ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
दाङसहित देशका अधिकांश स्थानको मौसम धुम्मिएको छ । आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना कम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । मानन्धरका अनुसार आज देशभरकै मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ ।
सुदूरपश्चिम, कणर्ाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।
यस्तै तराईका केही स्थानहरूमा बिहानीपख लाग्ने हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।।