तुलसीपुर, १४ माघ ।
तुलसीपुरमा अटो पल्टीदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा तीन जना पुरुष र छ जना महिला रहेका छन् ।
रुकुमको त्रिवेणी गाउँपालिका-८ निवासी २१ वर्षकी भुमा खड्का, सोही ठाउँ निबासी २७ वर्षका भरत कुमार वली, २५ वर्षका मानव ओली, २२ वर्षकी हरीकला वली खड्का, उहाँकी ८ वर्षकी छोरी आयन्सा खड्का घाईते भएका छन् ।
यस्तै २५ वर्षकी चित्रकला वली, उहाँको छोरी २ वर्षकी प्रशंसा वली, ५ वर्षका छोरा निरज वली र तुलसीपुर उपमहानगरपालिका-७ निवासी गिरु भण्डारी रहेका छन् ।
गणेसपुर पार्कबाट तुलसीपुर जाँदै गरेको रा १ ह ६१६९ नम्बरको अटो दिउँसो साढे चार बजे पार्क नजिकै अनियन्त्रीत भएर पल्टिएको हो । क्षमता भन्दा बढी यात्रु राखेको र मादक पदार्थ सेवन गरेर अटो चलाएकाले सार्वजनिक मुद्दा चलाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार