दाङ, १४ माघ ।
अभिनेता अर्जुन श्रेष्ठले दर्शकको रोजाईमा विदेशी चलचित्र पर्दा नेपाली चलचित्रको बजार फराकिलो बन्न नसकेको बताउनुभएको छ ।
उहाँले नेपाली चलचित्र सानो लगानीमा पनि राम्रो बनेपनि दर्शकको रोजाईमा विदेशी चलचित्र पर्ने गरेको बताउनुभयो ।
चलचित्र पत्रकार संघ दाङ शाखाले शनिबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा अभिनेता श्रेष्ठले दाङमा छिट्टै आधुनिक प्रविधियुक्त सिनेमा हल निर्माण गर्ने समेत बताउनुभयो । हल संचालक समेत रहेका श्रेष्ठले तुलसीपुरको बिष्णु चलचित्र मन्दीरलाई आधुनिक र प्रविधियुक्त बनाउने बताउनुभयो ।
चलचित्र पत्रकार सघ दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अभिनेता श्रेष्ठले ७ वटै प्रदेशमा चलचित्र छायांकन स्थल निर्माण गर्ने चलचित्र बिकास बोर्डको नीति रहेको बताउँदै दाङ पनि छायांकनको लागि उपयुक्त स्थल रहेको बताउनुभयो ।
चलचित्र पत्रकार सघं दाङ शाखाका पुर्ब अध्यक्ष धु्रवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष पुणर् केसीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिब निरला अर्यालले गर्नुभएको हो ।