२०८१ बैशाख ७ गते शुक्रवार

अस्थायी ट्राफिक प्रहरी पोष्ट कपुरकोटलाई विभिन्न सामग्रि सहयोग

सल्यान, १२ माघ ।
सल्यानको कपुरकोट स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टलाई कपुरकोट गाउपालिकाले सामग्रि सहयोग गरेको छ । गाउँपालिकाले म्याजिक लाइटदेखि ट्राफिक संकेत बोर्ड सहयोग गरेको हो ।

गाउँपालिकाले म्याजिक लाईट ५ थान, हिलटेक २० थान, २०० थान भन्दा बढि ट्राफिक संकेत बोर्ड, सुचना बोर्ड, सिमानाको जानकारी बोर्ड लगायतका सामग्रीहरु सहयोग हो ।

गाउपालिका अध्यक्ष दुर्गा बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली र वडा नम्बर ५ का अध्यक्ष होम बहादुर खड्का लगायतले पोस्ट इन्चार्ज प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यलाई सहयोग सामग्रि हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस