२०८१ जेष्ठ ५ गते शनिवार

चलचित्र छायाँकनको थुप्रै संभावना बोकेको ठाउँ रोल्पा


रोल्पा, ८ माघ । चलचित्र छायाँकनका लागि रोल्पाले थुुप्रै संभावना बोकेको रोल्पामा शनिबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।

रोल्पामा पनि चलचित्र निर्माण र छायांकनका लागि राम्रो सम्भावना रहेको र चलचित्र निर्माणको राम्रो सम्भावना सँगै रोल्पा राजनीतिक, धार्मिक,पर्यटकीय र साँस्कृतिक महत्त्व बोकेको ठाउँ समेत मानिने बक्ताले बताएका हुन् ।

बोल्ने बक्ताले जनयुद्धको उद्गम स्थल रोल्पामा पनि चलचित्र निर्माणका लागि प्रशस्त सम्भाबना रहेको बताएका हुन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको आयोजनामा परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरिएको “बृहत चलचित्र बहस“ बिषयक कार्यक्रममा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

१० बर्षे जनयुद्धको क्रममा तत्कालीन जनयुद्धका मुख्य कमाण्ड तथा गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड“ बिशेष सुरक्षा सहित सेल्टर लिएको ठाउँ“युद्ध पर्यटन केन्द्र डाँडागाउँ“अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न आबश्यक रहेको समेत बताएका हुन् ।

बहस कार्यक्रममा रोल्पामा चलचित्र निर्माणको अवस्था, सम्भावना र चुनौती कार्यक्रमको विषय उद्देश्यका बारेमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले प्रकाश पार्नु भएको हो ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको आयोजना, गाउँपालिका वडा नम्बर २ को सह-आयोजना तथा पालिकाको सहयोगमा कार्यक्रम भएको हो । संघका जिल्ला अध्यक्ष शिव पुनको अध्यक्ष तथा गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएका कार्यक्रममा नेपाली चलचित्र उद्योगका नायक रमित ढुंगाना, बरिष्ठ साहित्यकार तथा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय पुर्ब अध्यक्ष शान्ति प्रिय, चलचित्र निर्देशक ऋषिराज आचार्य लगायत चलचित्रकर्मी, चलचित्र पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न झाँकी समूह, आमा समूह, बाजा समूह, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी लगाएतको सहभागिता रहेको थियो ।

रोल्पाको परिवर्तन गाउँपालिका-२ राङ्सीको डाँडागाउँ ऐतिहासिक महत्त्व बोकेको गाउँ समेत मान्ने गरिएको छ । पहिलेको युद्धस्थलको रुपमा परिचित उक्त स्थान अहिले पर्यटकीय गन्तव्यको केन्द्र बन्दै गएकोले त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाका उपाध्यक्ष सन्तोष केसीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस