
दाङ,४ माघ ।
माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएका मध्ये ७१ जनाको शव फेला परेको छ । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमवार सात जना र हिजो एक जनाको शव फेला परेको थिया ।
दुर्घटनामा अझै १ जनाको अवस्था थाहा हुन सकेको छैन । वेपत्ता एक जनाको नेपाली सेनाले निरन्तर खोजी गरिरहेको छ ।
काठमाडौँ लगिएका शवको आज परीक्षण गरिने छ । पहिचान हुन नसकेका शवको डिएनएका आधारमा पहिचान गरेर आफन्तलाई शव हस्तान्तरण गरिने छ ।
प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार