२०८० फाल्गुन २२ गते मङ्गलवार

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु


दाङ, २ माघ । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घोराही-१६ लेटारका २१ वर्षिय शुसिल चौधरी र सोहि ठाउँका १८ वर्षिय बिवेक चौधरीको मृत्यु भएको हो ।

सौडीयारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल घोराही-१६ बेसाईमा गएराती २ बजेतिर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा गम्भिर घाइेते भएका दुवै जनाको आज बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै जनाको शब प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस