२०८१ माघ ३ गते बिहिवार

रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

रोल्पा, १ माघ ।
रोल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ट्याक्टर दुर्घटनामा परी २२ वर्षीय चालक अमर वलीको मृत्यु भएको हो ।

गंगादेव गाउँपालिका वडा नम्बर ७ तिम्ले निवासी मृतक वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै ट्याक्टरमा सवार गंगादेव-७ का १७ वर्षीय राजेश केसी र सोही ठाउँका २२ वर्षीय विरबल केसी घाइते भएको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि दाङ रिफर गरिएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम रहेको छ ।

गंगादेव गाउँपालिका-७ राँकबाट तेल लिन खाली ड्रम बोकेर सल्यानतर्फ गइरहेको रा १ त ४१६१ नम्बरको ट्याक्टर शनिबार साँझ दुर्घटनामा परेको हो ।

ट्याक्टर सडकबाट २०० मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार
प्रतिक्रिया दिनुहोस