
दाङ,२० पुस ।
अर्घाखाँचीको शितगंगा नगरपालिका-१४, हडाहामा बसले किचेर एक वृद्धाको मृत्यु भएको छ ।
कपिलवस्तुबाट अर्घाखाँचीतर्फ गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा मंगलबार साँझ करिब साढे ६ बजे स्थानीय ७६ वर्षीया इन्द्रकला भट्टराई लड्नुभएको हो । त्यसपछि उहाँलाई सोही बसको पछाडिको चक्काले किचेको थियो ।
उहाँको उपचारका क्रममा हिजो बेलुका साढे ७ बजे कपिलवस्तुको पिपरास्थित सामुदायिक अस्पतालमा मृत्यु भएको जनाइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार