रोल्पा, १० मंसिर ।
रोल्पामा बोलेरो जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।
दिउँसो करिब २ बजेतिर त्रिवेणी गाउँपालिका -६ धारम खोलामा विरुवा वितरण गरि सोहि गाउँपालिका -३ लिङदुङ तर्फ फर्कने क्रममा धारम खोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा जीप चालक त्रिवेणी गाउँपालिका -४ पुन गाउँ बस्ने कमल परियार (ढाडमा भित्री चोट अवस्था मध्यम), रोल्पा नगरपालिका -१० धबाङ बस्ने १८ वर्षिय श्यामकली सुनार ( टाउकोमा चोट अवस्था मध्यम), प्युठानको नौबहिनी गाउँपालिका -८ बस्ने २३ वर्षिय शुसिला भण्डारी(टाउकोमा चोट अवस्था मध्यम), सोहि गाउँपालिका -३ खबाङ बस्ने २३ वर्षिय बालिका पुन ( टाउकोमा चोट अवस्था मध्यम), सोहि गाउँपालिका -८ बस्ने २१ वर्षिय बिमला भण्डारी (टाउकोमा चोट अवस्था मध्यम) र कैलाली टिकापुर नगरपालिका -१ बस्ने २४ वर्षिय नरेशराज गिरी (निधारमा चोट अवस्था समान्य) रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताउनुभयो ।
जीप कैलालीबाट किवी, ओखर, कागती र केराका बिरुवा वितरण गर्न आएको बुझिएको छ । घाइतेहरुको उद्वार गरि नेर्पा स्वास्थ्य चौकि जुँगार पठाइएको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।