
चितवन, ६ मंसिर ।
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएको छ । लामिछाने निकटत प्रतिष्र्धीभन्दा १२८ मतले अघि रहनुभएको छ ।
लामिछानेले ४००७ प्राप्त गर्दा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनुभएको छ । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभएको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार