
दाङ, ३ मंसिर ।
राजनीतिक दल तथा उमेदवारले सामाजिक संजालमा राखेका प्रचार सामग्रि अझै हटाएका छैनन् ।
निर्वाचन आयोगले स्थिर समय लागु भएपछि सामाजिक संजाल फेसबुक, ट्वीटर, युट्युबलगायतमा राखिएका प्रचार सामग्रि हटाउन आग्रह गरेपनि अहिलेसम्म प्रचार सामग्रि नहटेको देखिएको छ ।
प्रचार सामग्रि नहटाउनेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेकपा एमाले लगायतका रहेका छन् ।
स्थिर समय सुरु भएको लामो समय बितिसक्दा पनि प्रचार सामग्री नहट्दा निर्वाचन आचारसंहिताको ठाडै उलंघन भएको छ ।
निर्वाचन आयोगले पनि सामाजिक संजालमा प्रचार सामग्रि नहटाउनेलाई कुनै किसिमको कार्बाही गरेको छैन् ।
स्थिर समयमा पनि प्रचारप्रसारका सामग्रि आउँदा पनि आयोगले कुनै किसिमको प्रतिक्रिया आयोगले दिएको छैन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ३ गते शनिवार