२०८१ जेष्ठ ५ गते शनिवार

तुलसीपुर डान्स आइडलको फाइनलका लागि ६ प्रतियोगि छनौट

दाङ, २५ कार्तिक ।
तुलसीपुर डान्स आइडलको फाइनलका लागि छ प्रतियोगि छनौट भएका छन् । एक लाख पुरस्कार राशीको उपाधिका लागि शनिबार (भोली ) छ जनाले प्रतिष्पर्धा गर्ने भएका हुन् ।

बिजेताको लागि फाइनलमा जेविका रेउले, जिवा बुढाथोकी, सन्ध्या राणा, सन्जु क्षेत्री , निसिका भण्डारी र सबित्रा बिश्वकर्माले प्रतिष्पर्धा गर्न पाउने भएका हुन् ।

नवप्रतिभालाई उजागर गर्नका लागि गत असोज ३० गतेदेखि तुलसीपुरमा लोक नृत्य प्रतियोगितामा संचालन भइरहेको छ । आज सेमिफाइनलबाट छनौट भएका ६ जनाले फाइनलमा प्रतिष्पर्धा गर्ने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने बिजेताले नगद १ लाखसहित तीन कार्टुन रारा चाउचाउ प्राप्त गर्ने भएको छ । यस्तै दोस्रो हुनेले नगद ५० हजार र दुई कार्टुन चाउचाउ र तेस्रो हुनेले नगद २५ हजार १ कार्टुन चाउचाउ प्राप्त गर्ने भएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस