२०८१ बैशाख ११ गते मङ्गलवार

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते

तुलसीपुर, २२ कार्तिक ।
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१८ डाँडागाउँमा बसको ठक्करबाट मोटरसाइकल चालक रुकुम पश्चिमको त्रिवेणी-१ का बिशाल वली घाइते हुनुभएको हो ।

पुर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश ३ -०३००१ ख् ००२८ नम्बरको यात्रुबहाक बसले हिजो साँझा साढे ६ बजेतिर विपरित दिशाबाट गइरहेको रा ५ प ७४२१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते मोटरसाइकल चालक वलीको अनुहार र दुवै खुट्टामा चोट लागेको छ । उहाँको राप्ती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ । बस चालक सिन्धुलीको गोल्जर ५ का ३५ वर्षिय भिमबहादुर थापा र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।।

प्रकाशित मिति : २०७९ कार्तिक २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस