दाङ, ४ कार्तिक ।
नेपालीहरुको महान पर्व तिहार नजिकिदै छ ,तिहार नजिकिए संगसगै चारैतिर चहलपहल बढिराखेको छ । चाडपर्व आउदै गर्दा सबैको घरमा खुसीयाली छाइराखेको छ । तिहार उल्लासमय बनाउनका लागि युटुबमा देउसीभैलोका गितहरु पनि धमाधम आइराखेका छन ।
देउसी भैलोका गीतले मानिसको दुख पिडा भुलाउनुका साथै तिहार आएको अनुभूति हुन्छ । कलाकारहरुले पनि प्रत्यक वर्ष फरक फरक शब्दमा देउसी भैलो गाएर रमाइलो गराइराखेका हुन्छन ।
देउसी भैलोका गीत यो वर्ष पनि युटुबमा धमाधम आइसकेका छन । कसको गीतले बजारमा चर्चा कमाउला र कसरी आफ्नो गीत दर्शक सामु उत्कृष्ट बनाउने कलाकारहरुको तछाडमछाड चलि नै राखेको हुन्छ ।
नेपाली कलाकारिता क्षेत्रका लोक गायक , सर्जक तथा भजन सम्राट रेशम सापकोटाको देउसी भैलो गीत यमराज यमुना बलिराजाको भाइटिका २ बजारमा अएको छ ।
रेशम सापकोटा र सम्झना भण्डारीको स्वरमा रहेको गितको शब्द सापकोटाले नै गर्नुभएको छ । उहाँको गीत बलिराजाको भाइटिका तिहारै झललले २०७६ सालमा निकै चर्चा कमाएको थियो ।
दर्शक तथा श्रोताको मनमुटुमा बस्न सफल यो गीतको दोस्रो भाग कहिले आउला त भनेर सबैको खुलदुली थियो । गितको पहिलो भाग दर्शक तथा श्रोताले अत्याधिक मन पराएका कारणले पनि यो वर्ष भाग-२ बजारमा ल्याएको उहाँले बताउनुभयो । अहिले पनि चार दिनमा करिब २ लाख जनाले हेरिसकेका छन् ।
विशेष गरी यो गीतमा दिदि यमुना र भाइ बलिराजाको पौराणिक विषयलाई प्रमुख बनाइएको छ । दिदिबहिनि र दाजुभाइले तिहारमा टिका लगाई आर्शिवाद दिँदा आर्शिवादलाई स्वंयम यमराजले पनि काट्न नसक्ने कथावस्तु समेटीएको छ । दिदिभाइको नाता सबैभन्दा बलियो रहेको पनि यो गीतमा प्रष्ट पारेको छ ।
बलीराजाको भाइटिका-२ ले पनि बजारमा राम्रो चर्चा पाइराखेको छ ।
भिडियो :