२०८१ बैशाख ११ गते मङ्गलवार

लोक नृत्य प्रतियोगितामा उत्साहजनक सहभागीता

तुलसीपुर, ३ कार्तिक ।
तुलसीपुरमा जारी लोक नृत्य प्रतियोगितामा प्रतियोगिले उत्साहजनक सहभागी जनाएका छन् । प्रतियोगितामा बिहिबार (आज) ६ जना छनौट भएका छन् । प्रतियोगितामा आज सञ्जु क्षेत्री, मनिषा वली, हिरा बुढामगर, पूर्णिमा केसी, समिता बुढामगर र आर्थिक डिसी छनौट हुनुभएको हो ।

आज छनौट भएका ६ जना र गत मंगलबार छनौट भएका ५ जना गरी ११ जनाले शुक्रबार (भोलि) छनौट प्रतियोगितामा भाग लिने आयोजक मितेरी युवा क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा आज पनि चर्चित लोक गायक रामजी खाँड, गायिका विष्णु शेपाईली, डान्सर गोमा रिजा र विपना परियार लगायतले प्रस्तुती राखेका छन् ।

प्रतियोगितासंगै सास्कृतिक कार्यक्रममा दैनिकजसो राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने गरेको छ ।

असोज २८ गते शुक्रबारदेखि जारी प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन् । कार्यक्रममा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । कार्यक्रममा लोक नृत्य प्रतियोगिताको लागि अडिसन पनि संचालन भइरहेको छ ।

स्थानीय कला संस्कृतिका संरक्षण गरी नवप्रतिभाको उजागर गर्ने उद्देश्यका साथ शुक्रबारदेखि संचालन भएको मेला कातिक ११ गतेसम्म संचालन हुनेछ ।

लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार र तृतीय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को पातुखोला पुलको उत्तरतर्फ मेला संचालन भइरहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस