२०८१ जेष्ठ ५ गते शनिवार

सल्यानमा अरिङगालको टोकाईबाट आमा र छोरीको निधन


सल्यान, १ कार्तिक ।
सल्यानमा अरिङगालको टोकाईबाट आमाछोरीको निधन भएको छ । अरिङ्गालको टोकाईबाट सिद्धकुमाख गाउँपालिका वडा नम्बर १ हामफाल निवासी २१ वर्षको शोभा बस्नेत बुढाथोकी र उहाँको ४ वर्षिय छोरी प्राप्ती बुढाथोकीको निधन भएको हो ।

सोमबार साँझ धान काटेर घर फर्कने क्रममा बाटोमा अरिंगालको टोकाईबाट गम्भिर बिरामी आमाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो ।

छोरी प्राप्तीको भने नेपालगञ्ज लैजाँदै गर्दा बाटोमा निधन भएको हो । अरिंगालको टोकाईबाट थप एक जना गम्भिर बिरामी भएको प्रहरीले जनाएको छ । गम्भिर बिरामी सोहि ठाउँ निवासी २१ वर्षिय नबिन बस्नेतको श्रीनगरको परोपकार अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ कार्तिक १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस